क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्यवृद्धि फिर्ता लिएको छ ।
आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले चाडपर्वको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएपछि निगमले आइतबार राति १२बजेदेखि लागु हुने गरि मुल्य वृद्धि फिर्ता लिएको छ ।
निगमले शनिबार राति पेट्रोल लिटरमा दुई रुपैयाँ र डिजल तथा मट्टीतेल लिटरमा छ रुपैयाँले बढाएको थियाे । त्यस्तै खाना पकाउने ग्यासकाे मूल्य प्रतिसिलिन्डर दुई सय १५ रुपैयाँले बढाएकाे थियाे ।
निगमले हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर आठ रुपैयाँले बढाएको थियाे ।
मुल्य वृद्धिको चौतर्फी विरोध भएको थियो ।