क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सरकारले ग्यास, डिजल र पेट्रोलमा शनिबार गरेको मुल्यवृद्धिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आपत्ति जनाएको छ ।
रास्वपा सभापति रवि लामिछानेले मुल्यवृद्धिको विरोध स्वरुप आज प्रधानमन्त्रीले बोलाएको बैठकलाई रास्वपाले बहिस्कार गरेको जनाएका छन् ।
लामिछानेले आफ्नो समाजिक संजालमा लेखेका छन्, ‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रम बारे जानकारी दिनेछौं।’