क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरी जिल्लाको खडक नगरपालिका-११ बनौलीस्थित पोखरीमा शनिबार एकजना पुरुषको शव फेला परेको छ ।
स्थानीय रामप्रसाद यादवको घर नजिकको पोखरीमा बोराभित्र सडेगलेको अवस्थामा शव फेला परेको हो । अहिलेसम्म शवको पहिचान हुन नसकेको सप्तरीका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।
हत्या गरेर शव फालेको हुन सक्ने प्रहरीको आशंका छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।