क्रान्ति केन्द्र सवम्वाददाता
राजविराज । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका-५ जोगिनियाका अग्नि पिडितलाई शुक्रवार धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीद्वारा राहत वितरण गरिएको छ ।
अग्नि पिडित रोहित रामका परिवारलाई धर्मी हल्फा क्लवद्वारा राहत स्वरुप त्रिपाल, धोती, साड़ी, तन्ना, थाल, गिलास, खाना पकाउने भाडो, बाल्टिन, मग लगायतका सामाग्रीहरू प्रदान गरेका, धर्मी हल्फा क्लवका अध्यक्ष तथा समाजसेवी ईन्जिनियर सूर्य नारायण यादव बताए ।
ईन्जिनियर यादबले ´धर्मी हल्फा क्लवबाट एउटा सानो सहयोग मात्रै भएको हो । तत्काल पिडित परिवारलाई घाउमा मलहमको काम गर्छन ।´ आमा बुवाको नाममा रहेको संस्था सप्तरीका पिडित र असहाय परिवारलाई सहयोग गर्दै आएको छ ।
कार्यक्रममा सोही वडाका वडा अध्यक्ष बुद्धिमान श्रेष्ठ, शिक्षक राजदेव यादव र जगदेव मंडल, मो. ईद्रीस लगायतका व्यक्तिहरू उपस्थित रहेको थियो ।
गत राती रामको गाई बान्धने गोठालोबाट सुरु भएका आगो उनका दुई वटा गाई, साईकल-२ थान, खाद्यान्न, लत्ता कपडा, फर्निचरको सामान लगायत ७ लाख भन्दा बढीको क्षती भएको, ईलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक शत्रुघन राउतले बताए ।
स्थानिय, हनुमाननगर कंकालनी नगरपालिकाका बरुयन्त्र र ईलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरीको टोलीले आगोलाई नियन्त्रणमा लिएमा थिए ।