श्रवण वत्स
राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको समाजिक सेवा इकाई र जेष्ठ नागरिक सेवाबाट दुई महिनामा ७ सय भन्दा बढी जनाले निशुल्क सेवा लिएका छन् ।
गत दुई महिनामा सामाजिक सेवा इकाईबाट कुल ५ सय ७६ जना लाभान्वित भएको छ । जस मध्ये दलित ८९ जना, जनजाती १३० जना, मधेशी ३ सय १५ जना, मुश्लिम १४ जना, ब्राह्मण ९ जना र अन्य १३ जनाले निशुल्कबाट लाभान्वित भएको छ ।
त्यस्तै, जेष्ठ नागरिक सेवाबाट कुल १ सय ९८ जना लाभान्वित भएको छ । जसमा दलित ३२ जना, जनजाती ४४ जना, मधेशी १०५ जना, मुश्लिम ५ जना, ब्राह्मण २ जना र अन्य १० जना लाभान्वित भएको इकाई प्रमुख सुर्यकान्त झाले जानकारी दिए ।
समाजिक सेवा इकाईका प्रमुख सुर्यकान्त झाले यस इकाई अन्तर्गत गरिब, विपन्न्, अति विपन्न, असाहाय, जेष्ठ नागरिक, पीडित लगायतका व्यक्तिहरुलाई सेवा प्रदान गरिने गरिएको बताए । उनले भने, ‘गरिब, विपन्न्, अति विपन्न, असाहाय, जेष्ठ नागरिक जस्ता क्रायटएरियामा पर्ने बिरामीलाई सेवा प्रदान गर्ने गरिन्छ,’ उनले भने, ‘अवस्था र आवश्यकता हेरेर उपचार, चेकजाँच र औषधिमा पुर्ण वा आशिंक रकम छुट दिने गरिन्छ ।’
सामाजिक सेवा इकाइ र जेष्ठ नागरिक सेवाबाट कुल ६ लाख ९५ हजार ३ सय ८ रुपैयाँ बराबरको निशुल्क सेवाबाट विरामीहरु लाभान्वित भएको तथ्यांकमा उल्लेख छ ।