Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

लगानीको‌ अभावमा अधुरो जनता आवास

दुई बर्षदेखि काम ठप्प, झुपडीमा बस्न बाध्य विपन्न

लगानीको‌ अभावमा अधुरो जनता आवास

वर्षायाम तथा जाडोमा त उनीहरूको जिवन अत्यन्तै कष्टकर हुने गरेको छ । ‘आफुहरुसँग छाक टार्न सक्ने भन्दा बढी पैसा रहेको भए किन यति दु:ख भोग थियौं र ?’ उनीहरूको प्रश्न छ। 

प्रवेश मिश्र

राजविराज । जनता आवास कार्यक्रम अन्तर्गत २०७४ सालमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-५मा १२ वटा बिपन्न परिवारको लागि घर निर्माण थालिएको थियो ।‌ शहरी विकास तथा भवन कार्यालय, राजविराज र लाभग्राहीमध्येबाटै गठन गरिएको निर्माण समिति बिच भएको सम्झौता अनुसार अषाढ २६ गते उक्त कार्यको सुरुवात गरिएको थियो ।‌ यद्यपी निर्माण कार्य थालिएको ६ वर्ष बितिसक्दासमेत ती घरहरूको निर्माण सम्पन्न हुन सकेको छैन् ।

शहरी विकास तथा भवन कार्यालय राजविराजको तथ्याङ्क अनुसार १२ वटा मध्ये मात्र ४ वटा घरको निर्माण पुरा भएको छ । बाँकी ८ वटा मध्ये ५ वटमा डिपीसीसम्मको निर्माण पुरा भएको छ भन्ने १ वटामा डिपिसीसम्म जोडाई भएको छ । बाँकी दुईवटा घरको निर्माण कार्य सुरु समेत भएको छैन् ।

२०७८ जेठ मसान्तयता उक्त घरहरुको निर्माण कार्य ठप्प नै रहेको छ । कार्यक्रममा प्रति घरको बजेट २ लाख ५ हजार २ सय ३७ पैसा तोकिएको छ जसमा उक्त रकमको १० प्रतिशत लाभग्राहीले‌ व्यहोर्नु पर्ने हुन्छ ।‌ कार्यलयले निर्माण प्रगतिको आधारमा भुक्तानी गर्ने कानुनी प्रावधान रहेको जनाएको छ ‌। कार्यलयको अनुसार निर्माण प्रगतिको आधारमा ०७८ जेठ मसान्तसम्म १२ लाख ३ हजार २ सय ३६ रुपैयाँ निर्माण समितिलाई भुक्तानी गरिएको छ । त्यसयता कार्यालयले पटकपटक निर्माण समितिलाई काम गर्न ताकेता गरेपनि समितिले काम गर्न ढिलासुस्ती गरेको जनाएको छ ।

यता निर्माण समितिका संयोजक राजेन्द्र खंगले लगानीकै आभावमा काम सुरु हुन नसकेको बताउँछन् । ‘लगानी लगाउन सक्ने कसैको आर्थिक अवस्था नै छैन्, ऋण लिएर जसोतसो चारवटा घर पुरा गरे,’ उनले भने, ‘त्यसपछि कोरोना आयो, अहिले गिट्टी, बालुवा छड सबै थोक महंगो भइसकेको छ, कार्यक्रमको बजेट पनि एकदमै कम छ, यतिमा के हुन्छ, थप बजेट कतैबाट आए मात्र बस्न सक्ने खाले घर बन्न सक्छ।’

आवास निर्माण पुरा हुननसक्दा बिपन्न परिवार भन्ने राजविराज-कुनौली सडकखण्ड अन्तर्गत छिन्नमस्ता गाउँपालिका-५लोखरमा सडक पेटीमा झुपडीमा बस्न बाध्य छन् । स-साना बालबालिकाहरु लिएर बस्दै आएका उनीहरुलाई झुपडी पछाडि रहेको पानीले भरिएको ठुलो खाल्डोले सधैं डरले सताइरहेको हुन्छ। यद्यपी आर्थिक अभावको कारण उनीहरूसँग कुनै उपाय छैन् ।

लोखरममा सडक पेटीमा रहेको एक बिपन्न परिवारको घर ।
लोखरममा अधुरो अवस्थामा ठप्प रहेको जनता आवास।

जनता आवास कार्यक्रममा आफ्नो घर बन्ने सुनेपछि उनीहरू हर्षित भएकाे बताए । तर दुई वर्षदेखि घरको काम ठप्प हुँदा उनीहरुको आशा निराशामा परिणत हुँदै गएको छ । दैनिकी मजदुरी गरेर छाकटार्ने गरेका उनीहरूले घर बनाउन पैसा कहाँबाट ल्याउने भन्ने प्रश्न गर्छन् । वर्षायाम तथा जाडोमा त उनीहरूको जिवन अत्यन्तै कष्टकर हुने गरेको छ । ‘आफुहरुसँग छाक टार्न सक्ने भन्दा बढी पैसा रहेको भए किन यति दु:ख भोग थियौं र ?’ उनीहरूको प्रश्न छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology