क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । प्रेस काउन्सिल नेपालले आफ्नो ५४औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सप्तरी निवासी पत्रकार मुरली प्रसाद यादवलाई सम्मान गरिएको छ । शनिबार आयोजित उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सम्मान पत्र हस्तान्तरण गरेक हुन् ।
विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय रहेका यादव प्रेस काउन्सिलका पुर्व सदस्य, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष तथा राजविराजबाट प्रकाशित हुने कृष्णा राष्ट्रिय दैनिकका सम्पादक हुन् ।
काउन्सिलले यादवसहित प्रेस काउन्सिल नेपालका पूर्वसदस्य पर्साका जगदीशप्रसाद शर्मा, काठमाडौंकी संगीता लामा, सिराहाका चन्द्रदेव कामती तथा पूर्वसदस्य सदस्य सचिवहरु काठमाडौंका युवराज पाण्डे तथा लक्ष्मीविलास कोइरालालाई सम्मान गरेको छ ।
त्यस्तै काउन्सिलले प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार, प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट बिभिन्न पत्रकारलाई सम्मान गरेको छ ।