क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवतीको मुकुट फेर्दा चौतर्फी बिरोध पछि शुक्रबार विधिवत पुजा पश्चात् पुरानै मुकुट राखिने भएको छ ।
बिहिबार बिहान दाताले आफ्नो नाम लेखेको मुकुट दान दिँदा मन्दिर परिषदले पुरानो मुटुक हटाई दाताको नाम रहेको मुटुक फेरेको थियो । त्यसपछि पत्रकार कृष्ण मंडल लगायतकाले समाजिक संजालमा यसको विरोध जनाएका थिए । त्यसपछि यसको चौतर्फी विरोध हुन लागेको थियो ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीलेसमेत भक्तजनको आस्थासँग जोडिएको विषयमा खेलबाड गर्न नहुने भन्दै मन्दिर समितिलाई पुरानै मुकुट लगाउन तत्कालै ध्यानाकर्षण गराएको जानकारी साझा गरेका छन् ।
विरोध पछि पुरानै मुकुटलाई मर्मत गराई शुक्रबार बिहान ४ बजे विधिवत पुजा पश्चात् राखिने पिठाधिश महाकान्त ठाकुरले जानकारी दिए ।