क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपाली काँग्रेस सप्तरीले गणेशमान सिंहको २६ औं स्मृति दिवसमा विचार गोष्ठी कार्यक्रम आयोजना गरेको छ ।
पार्टी सभापति रामदेव साहको अध्यक्षता र मधेश प्रदेश सहमहामन्त्री विन्दु यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वक्ताहरुले प्रजातन्त्र प्राप्तिको लागि उनले गरेको संघर्ष र योगदानको चर्चा गरेका छन् ।
नेपाल प्रेस युनियनका अध्यक्ष विनय कुमार लाल कर्णले गणेशमानले पदमा नरहेर पनि सर्वमान्य नेताको उपाधि प्राप्त गरेको बताए ।
‘२०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि उनले चाहेको पद लिन सक्थे तर, उनमा पदको चाहना थिएन,’ उनले भने, ‘गणेशमानले कुनै पदमा नरहेर पनि जनताको पक्षमा काम गरेर सम्मान पाईन्छ भने सिद्ध गरेको छ, आज पदको लागि तछाड मछाड गर्नेहरुले उनको जिवनबाट पाठ सिक्नुपर्ने हो ।’
स्ववियुका पुर्व सभापति रामचन्द्र यादवले गणेशमानको आचरण पार्टीका नेता कार्यकर्ताहरुले आफ्नो जिवनमा उतार्नुपर्ने बताए ।
कार्यक्रममा पार्टी उपसभापति रामकुमार यादव, संगठन विभाग प्रमुख बद्री महात्मान स्वास्थ्यकर्मी संघका अध्यक्ष शिवनारायण चौधरी, निजामती कर्मचारी युनियनका अध्यक्ष सुधिरकान्त झा, नेवि संघ सप्तरीका सभापति राकेश ठाकुर सहिका बक्ताले गणेशमानको जिवनी र प्रजातन्त्र प्राप्तीमा उनको योगदान बारे चर्चा गरेका थिए ।