क्रान्ति केन्द्र सम्वाददाता
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।
उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन् ।
दोस्रो मधेश आन्दोलनमा सक्रिय भूमिकामा रहेकी उनी मधेश प्रदेशकी समानुपातिक सांसद थिइन् ।