क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको छिन्नमस्तामा झन्डै एक सय किलो परिमाणमा विषादीयुक्त, अवैध तथा स्वास्थ्यमा असर गर्ने मिठाई नष्ट गरिएको छ ।
छिन्नमस्ता मन्दिर समितिले मन्दिर परिसर भित्रै करिब ७० किलो ग्राम लड्डु र २५ किलो ग्राम पेडा नियन्त्रणमा लिई आइतबार नष्ट गरेको हो ।
स्वास्थ्यमा असर पार्ने यी मिठाईहरु भारतको बिहारबाट आयात हुने गरेको छिनमस्ता शक्तिपिठका पिठाधिस महाकान्त ठाकुरले जानकारी दिए ।
यो कार्य मन्दिर समितिको नभएपनि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले यसमा चासाे नलिदाँ समितिले बाध्य भएर यस्तो काम गर्नु परेको उनले बताए । उनले बडा दशैं नजिकिँदै गएकोले छिन्नमस्ता मन्दिर अगाडि रहेको मदिरा पसलहरु बन्द गराउने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।