अस्पताल पनि अन्य कार्यालय जस्तै सेवा दिने कार्यलय हो । यद्यपी यसको संवेदनशीलता भन्ने अन्य भन्दा एकदमै बढी छ । अन्य कार्यलयमा सेवा प्रवाहमा समस्या भए सेवाग्राहीहरुलाई थोर बहुत समस्या हुन्छ । तर अस्पतालको सेवामा समस्या भए मान्छेको ज्यानसम्म जान सक्ने हुन्छ ।
यस्तोमा सरकारी अस्पताल गरिबको लागि अस्पाताल मात्र नभई जिवनको आशाको किरण हो । जहाँ उपचारको लागि बिरामी पुग्दा सुलभ रुपमा सेवा भेट्ने, चाँडै निको हुने आशा हुन्छ । तर त्यहाँ पुगेर उनीहरूले अनुभव गर्ने गरेको समस्याले सरकारको अस्पातालप्रतिको बेवास्ता दर्शाउँछ ।
कहिले अस्पातालमा औषधि हुँदैन्, त कहिले समयमा डाक्टर भेटिदैन् । यस्तै अवस्था छ राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालको । सिकिस्त भएर इमर्जेन्सीमा बिरामी पुग्दा कहिले तुरुन्तै चिकित्सक भेटिदैन्, भेटायो भन्ने सेवा दिने गति यति सुस्त हुन्छ की उनीहरूलाई कसरी जागिर दिइयो पनि प्रश्न खडा हुन्छ । त्यहाँ रहेका सिनियरदेखि जुनियरसम्ममा अधिकांशको व्यवहार उस्तै हुन्छ । खासमा जुनियरहरुले पनि सिनियरलाई रुखो र त्यस्तो तरिकाले काम गरेको हेर्दाहेर्दै यस्तै गर्नुपर्छ भन्ने सिकेको छ क्या ?
यता ओपिडीमा त चिकित्सकको मनोमानी ढंगनै देखिन्छ । कतिखेर आउने ,जाने समय कागजमा लेखेर उनीहरूको कार्यालयबाहिर राखिएको त छ तर त्यसै अनुरुप हुन्छ भन्ने जरुरी छैन् ।
सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएकाहरु त अस्पातालको व्यवस्था हेरेर स्वास्थ्य बिमा छाडौं की राखौं भन्ने दोधारमा हुन्छन् । डाक्टरले लेखेका अधिकांश औषधिहरु कहिले पनि अस्पातालमा नपाइने गरेको बिरामीहरुको गुनासो छ ।
यो अवस्था हेरेर त बिरामीलाई निको पार्ने स्थल अस्पातालनै बिमार रहेको देखिन्छ ।