क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । २०औं निजामती सेवा दिवस ‘व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ नाराका साथ देशैभरि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । उक्त अवसरमा शुक्रबार राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालले विरामीलाई फलफूल वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख आतिथ्य अस्पतालमा रहेका आकस्मिक कक्ष र जेनेरल कक्ष गरी करिब १५० जना बिरामीहरुलाई फलफूल बितरण गरिएको अस्पाताल प्रशासनले जनाएको छ ।
सो कार्यक्रममा अस्पताल निमित्त प्रमुख अवधेश मिश्र, नेपाल आर्मी बरख गणका प्रमुख,सश्स्त्र प्रहरी बलका प्रमुख, अस्पतालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।