क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रथम पटक सफल रुपमा ‘हिप बोन’ रिप्लेसमेन्ट गरिएको छ ।
अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर संतोष कुमार यादवले बुधबार उक्त शल्यक्रिया सफलतापूर्वक गरेका हुन् ।
उनले हिप बोनको शल्यक्रिया जटिल काम रहेको बताए । ‘हिप बोनको अपरेसन मेजर केशमा पर्छ, काम गर्नु चुनौतीपूर्णनै थियो,’ उनले भने, ‘यस अस्पतालमा प्रथम पटक हिप बोनको शल्यक्रिया भएको हो ।’
उनले अस्पातालमा उपकरणहरू थपिए शल्यक्रिया गर्न अझ सजिलो हुने बताए ।
हिप फ्याक्चर भइसकेपछि उभिन वा खुट्टा टेकाउन गाह्रोे हुने गर्छ ।