क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपाली काँग्रेसका केन्द्रिय सह- महामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको सांघातिक हमलामा संलग्न रहेकाहरुलाई कारबाही गर्न नेपाल काँग्रेस सप्तरी कार्यसमितिले माग गरेको छ ।
जिल्ला कार्यसमितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीउपर हमला गरेका र त्यसमा संलग्न रहेका व्यक्ति वा समुहको बारे गम्भीर रुपले अनुसन्धान गर्न सरकारसँग माग गरेको छ ।
बुधबार दिउँसो काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले सांघातिक आक्रमण भएको छ ।
उनीमाथि खुकुरी हानेको आरोपमा श्याम बहादुर सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । यादव उपचारका लागि ट्रमा सेन्टरमा भर्ना रहेका छन् ।