क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौं । नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ।
काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनीमाथि खुकुरी हानेको आरोपमा श्याम बहादुर सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए । यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ । सापकोटा आफुलाई राजाबादी अभियन्ता बताउँछन् ।