क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सुनसरीको नेपाल विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नेपाल विद्युत प्राधिकरणका फोरम्यान विर्जु कुमार महतोलाई २५ हजार रुपैया घुस रकमसहित पक्राउ गरेको हो ।
महतोलाई उद्योगमा विद्युत क्षमतावृद्धि गरिदिए बापत सेवाग्राहीसँग सो रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएकस छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।