क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । कर्तव्य ज्यान र डाँका मुद्दाको आरोपित मधेश प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादवलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ ।
मंगलबार सप्तरी जिल्ला अदालतको न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको हो ।
माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा यादव पनि आरोपी रहेका छन् ।
उनी सहितकाले तत्कालिन नेगडा गा.वि.स ०५ स्थित दिपु भन्ने गोविन्द चौधरीलाई अपहरण गरि गोलि प्रहार गरि हत्या गरेको आरोप छ । उनलाई सोमबार सप्तरी प्रहरीले पक्राउ गरेको थियो ।
गत प्रदेशसभा निर्वाचनमा सिंह सप्तरी क्षेत्र नम्बर ४(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।