क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मधेश प्रदेश सांसद अनिरुद्धकुमार सिंह हत्याको अभियोगमा पक्राउ परेका छन् ।
ज्यान मुद्दाका आरोपी रहेका प्रदेशसभा सदस्य सिंहलाई सोमबार दिउँसो राजविराजबाट नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
एसपी कार्कीले पक्राउ गरिएका प्रदेशसभा सदस्य सिंहलाई अदालतमा पेस गरिएको बताए ।
माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंह पनि आरोपी रहेका छन् ।
उनी सप्तरी-४(२)बाट गत निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।