क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौं । वीर अस्पतालको छैठाैं तलाबाट हाम फालेर एक पुरूषले आत्महत्या गरेका छन् । सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुषको आज बिहान निधन भएको हाे ।
अन्दाजी ४० वर्षका पुरूषले साेमबार बिहान करिब २/३ बजेतिर हाम फालेका थिए । बिरामीको आफन्त भएकाे भन्दै उनी अस्पतालभित्र पसेका थिए । त्यसपछि उनी ६ तला माथि गएर हाम फालेका थिए ।
वीर अस्पताल प्रशासनका अनुसार उनी अस्पतालमा भर्ना भएका बिरामीका आफन्त हाेइनन्। मृतक पुरूष अस्पताल बाहिरका मानिस भएकाे पनि प्रशासनले जनाएकाे छ । हालसम्म काेहि पनि यो मेरो आफन्त हो भनेर नआएको हुँदा लाश बेवारिसे अवस्थामा रहेकाे छ ।