क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । एसिया कप अन्तर्गतको नेपाल र भारतबीचको क्रिकेट म्याच हेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंकातर्फ प्रस्थान गरेका छन् ।
सोमबार दिउँसो हुने खेलको लागि उनीहरु आइतबार नेपालबाट श्रीलंकाको लागि प्रस्थान गरेको पार्टीका केन्द्रीय नेता दिपक बोहराले जानकारी दिए ।
उनी पत्नी निकिता पौडेल र पार्टीका नेता दीपक बोहरासहित श्रीलंका गएका हुन् ।
शनिबार (हिजो) उनी पार्टीको मधेश प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न राजविराज आएका थिए ।
त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि म्याच हेर्न श्रीलंका जान लागेको बुझिएको छ ।