क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मैथिली साहित्य परिषद राजबिराजका सचिब ईन्जिनियर संजिब कुमार यादबको फेसबूक आईडी ह्याक भएको छ ।
उनले बुधबार नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा उजुरी दिँदै आफ्नो आइडी र पेज ह्याक गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
उनले उजुरी आफ्नो फेसबुक आइडी शिवलाल नामको ब्यक्तिले र पेज नेपाल नाम पेजले ह्याक गरि महिलाको विभिन्न अश्लील तस्वीरहरु अपलोड गरेर चरित्र हत्या गर्ने प्रयास गरेको भनेको छ ।
अभद्र ब्यवहार गर्ने दोषीलाई कानुन बमोजिमको सजाय र आईडी ओनरशीप ईन्जिनियर यादबलाई रिकभरीङ्गको लागि उनलेे माग गरेको छ ।
समाजिक तथा राजनीतिक व्यक्ति यादव बिष्णुपुर गाउँपालिका-७का बासिन्दा हुन् ।