क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको मंलगबार ६७औँ वार्षिकोत्सव मनाइएको छ ।
बिक्रम सम्वत २०१४ सालमा तत्कालिन खडकपुर निवासी विन्देश्वरी प्रसाद यादवको सहयोगमा क्याम्पस स्थापना भएको थियो । यादबले क्याम्पस स्थापनाका लागि आफ्ना १ सय १७ विघा १७ कठ्ठा ६ धुर जग्गा र नगद १० हजार रुपैयाँ सहयोग गरेर क्याम्पस स्थापना गरेका थिए ।
भारतको पटना विश्वविद्यालयबाट स्वीकृति लिएर स्थापना गराएका क्याम्पसलाई त्यसको केही समयपछि नेपाल सरकार शिक्षा मन्त्रालयले प्रविणता प्रमाणपत्र तह पठनपाठनको स्विकृति प्रदान गरेको थियो । हाल क्याम्पसमा मानविकी, कानुन, विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकायको अध्ययनअध्यापन भइरहेको छ ।
वार्षिकोत्सव कार्यक्रममा क्याम्पस प्रमुख राजीव मिश्रले जग्गादाता परिवार लगायत सहयोग गरेका सम्पूर्ण दाता परिवारलाई हृदय देखि धन्यवाद ब्यक्त गरे ।