क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना कलष्टर इकाई सप्तरी, राजविराजले आर्थिक ०७९/८०मा कुल बजेटको ९०.४प्रतिशत रकम खर्च गरेको छ ।
इकाई कार्यालयले मंगलवार राजविराजमा एक कार्यक्रम गर्दै आर्थिक वर्ष ०७९/८०को सार्वजनिक सुनुवाई तथा २०८०/८१को कार्यक्रम सार्वजनिकरण गरेको हो ।
आर्थिक वर्ष २०७९/०८०मा कुल २१ करोड बजेट रहेको उक्त इकाई कार्यालयले १८ करोड ९८ लाख रकम खर्च गरेको हो ।
उक्त बजेट कृषि पशुपालनको लागि अनुदान, आम समुहलाई अनुदान, दुध संकलन केन्द्र, पिसानी मिल, तरकारी भण्डारण घर निर्माण, बजार सेड निर्माण लगायताको कार्यक्रममा लगानी गरिएको इकाई कार्यालयले जनाएको छ ।
उक्त इकाई कार्यालय सप्तरीको राजगढ तथा बिष्णुपुर गाउँपालिका र सिरहा जिल्लाको बरियारपट्टी तथा औरही ४ वटा गाउँपालिका कार्यक्षेत्र रहेको छ । कृषि तथा पशुपंक्षी र पोषण क्षेत्रमा काम गर्ने उक्त कार्यलयको कार्यक्रमबाट १६ हजार ६२५ घरधुरी लाभान्वित हुने रहेको छ । उक्त कार्यलयसँग काम गर्ने जम्मा ६ सय ६५ वटा समुह रहेको छ । आर्थिक वर्ष ०८०/८१मा कार्यक्रमतर्फ १३ करोड ३७ लाख बजेट रहेको इकाईको ६० लाखको दरले ४वटा डिप बोरिङ, १५ वटा समुहलाई ६ लाखको दरले पुरक अनुदान, २५ वटालाई ५ लाखको दरले साना अनुदान, मागमा आधारित १२५ कृषि र पशु समुह र ६० वटा आमा समुहलाई ४लाखको दरले अनुदान दिने कार्यक्रम रहेको छ ।
आयोजित उक्त कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख, जिल्ला समन्वय सप्तरीको उपप्रमुख, बिभिन्न कृषि समुहका व्यक्तिहरू आफ्नो मन्तव्य राखे ।