क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौँ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरीनजिकैबाट त्रिशूली नदीमा खसेको छ । अहिलेसम्म दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जनाइएको छ ।
धादिङको गजुरी गाउँपालिका-१ चालीसेछहराबाट त्रिशूली नदीमा प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।















