क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको राजविराज नगरपालिका–५ स्थित कुनौली मोडमा प्रहरी बिट स्थापना गरिएको छ ।
उक्त प्रहरीबिट स्थानीय बैजनाथ यादव र उनकी श्रीमती रेखा यादवको सहयोगमा निर्माण गरिएको हो । मंगलबार एक कार्यक्रमका बीच सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीलाई उक्त प्रहरी बिट हस्तान्तरण गरिएको जनाइएको छ ।
उक्त कार्यक्रममा यादव दम्पतिलाई धन्यवाद दिँदै प्रहरी उपरीक्षक कार्कीले शान्ति सुरक्षाका निम्ति खटिएका प्रहरीले कटिवद्ध रुपमा काम गर्दै आएको बताए । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय बासिन्दा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यसअघि गत शुक्रबार जिल्लाको छिन्नामस्ता गाउँपालिका-५स्थित चौकमा ‘प्रहरी चौकी विरपुरको पुनर्स्थापना गरिएको छ ।