चन्दनकुमार यादब
हुलाकी सडक अन्तर्गत कंचनपुर रोड फराकिलो गर्न अतिक्रमण गरी बनाएको संरचना खाली गर्न राजविराज नगरपालिकाले शनिवार (आज) डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
राजविराज नगरपालिका वडा नं. ३ र ८ मा पर्ने कंचनपुर रोडस्थित हुलाकी राजमार्गको दायाँ बाँया ७.५/७.५ मिटर जग्गा खाली गराउन शनिवार डोजर चलाएको हो ।
वडा कार्यालय ८ र ३तथा राजविराज नगरपालिकाले ७ दिन अघि नै सूचना जारी गर्दै कंचनपुर रोडको दायाँ बायाँ भौतिक संरचना हटाउन समय सिमा शुक्रवार सकेपछि डोजर लगाएर सडक बिस्तार गर्दै छ ।
नगरपालिकाले बिहान देखि पुन: नापजाँच गरि डोजर लगाएर मूल सडकको दायाँ बायाँ ७.५/७.५ मिटरमा बनाइएको भौतिक संरचना हटाउने लागेकाे राजबिराज वडा ८ का अध्यक्ष जयनारायण मण्डलले जानकारी दिए
राजबिराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परबिनले पूर्वसूचना अनुसार शनिवार बिहानैदेखी नापजाँच गरी संरचना भत्काउने काम सुरु गरेको बताईन् ।
हुलाकी सडक निर्माण गर्नका लागि राजविराज नगरपालिकाको वडा ६ र ७, ३ र ८ राजरंगशाला र कंचनपुर रोड भएर सिरहा रोड हुने गरि नक्सांकन भइसकेको छ ।