क्रान्ति केन्द्र सम्वाददाता
काठमाण्डाै । अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै उक्त जानकारी दिएका हुन् ।
अक्षय कुमारले नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै लेखेका छन्, ‘हृदय र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रा दिवसकाे शुभकामना । जय हिन्द ।’
अक्षय कुमार अहिलेसम्म क्यानडाकाे नागरिक थिए
।














