क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीस्थित गैरसरकारी संस्था सबल नेपालले १८ औं साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ।
साेमवार राजबिराज स्थित डिलक्स हाेटलमा एक कार्यक्रम बिच १९ औं बर्षमा गरेकोमा स्थापना दिवस मनाएकाे हाे ।
साे अवसरमा बोल्दै गैसस सप्तरीका प्रथम अध्यक्ष दिलिप चाैधरीले समुदायकाे बिकास र ब्यवहारमा परिवर्तन सँगै आय आर्जनमा सुधार ल्याउनका लागि सबलले निरन्तर रूपमा समाजलाई सबल बनाउन भुमिका खेल्दै आएकाे बताए।
सबल नेपालका अध्यक्ष जुना गिरीले सवलले शिक्षा, स्वास्थ, जिविकाेपार्जन, किसाेरकिसाेरी बिकास कार्यक्रम संचालन गर्दै आएको बताईन।
उनले सेभद चिल्ड्रेन र सबल नेपालकाे साझेदारीमा जिल्लाकाे खडक र सुरूङ्गा नगरपालिकामा बाल बिकास केन्द्र निर्माण, शिक्षकशिक्षिकाहरूलाई शिक्षणसिकाई क्रियाकलापका लागि क्षमता बिकास तालिम, स्वास्थ चाैकीहरूमा सामग्री बितरण, स्वास्थकर्मिहरूकाे क्षमता बिकास, किसाेरकिसाेरी क्षमता बिकास, नेतृत्व बिकास, बालभिते पत्रकारिता, बालअधिकार सुरक्षित मातृतब सम्बन्धी कार्यक्रम गर्दै आएको बताईन।
गैसस महासँघ सप्तरीका अध्यक्ष तथा सबल नेपालका निर्देशक दिपक झाले बालवालिकाहरूकाे सिकाई उपलब्धी, पठनपाठनमा सुधार, समुदायकाे क्षमता बिकास, वालवालिकाहरूकाे पठाईमा सुधार र घरमा सिकाईकाे वातावरण निर्माण गर्नका लागि निरन्तर कार्यक्रम गर्दै आएको बताए।
साे अवसरमा गैसस महासँघका बरिष्ठ उपाध्यक्ष ध्रुव देवले समुदायकाे बिकासका लागि शिक्षा र स्वास्थमा सुधार ल्याउनुपर्नेमा जाेड दिए ।
काेशी पिडित समाजका निर्देशक देव नारायण यादबले सबल नेपालले समाज र समुदाय तथा राष्ट्र हितका लागी पुर्याएकाे याेगदानकाे प्रशंसा गरे।
कार्यक्रममा सबल नेपालका अध्यक्ष जुना गिरीले आर्थिक वर्ष ०७९/८० काे बार्षिक प्रगती प्रतिवेदन तथा आर्थिक वर्ष ०८०/८१ काे बार्षिक कार्यक्रमकाे प्रतिवेदन प्रस्तुत गरेका थिए।
आर्थिक वर्ष ०७८/७९ मा खर्चकाे अनुमानित बिवरण अनुसार समुन्नती र संकल्प कार्यक्रम तर्फ ५ कराेड १८ लाख, खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रम तर्फ ४ कराेड २५ लाख, साैर्यउर्जा प्रवर्द्वन कार्यक्रम तर्फ १२ लाख १९ हजार, शुद्व खानेपानी माथि सहज पहुचका लागि ४२ लाख ५० हजार, दैबी प्रकाेप राहत तथा काेराेना राेकथाम कार्यक्रम तथा सहयाेगमा २ कराेड ५० लाख, वातावरण संरक्षण अभियान २ कराेड ५० लाख,,कृषीमा अाधारित कार्यक्रममा ७५ लाख २५ हजार र संस्था संचालन तर्फ ७५ लाख ४५ हजार गरी जम्मा १६ कराेड ४८ लाख ३९ हजार बरावरकाे आयव्यय सार्वजनिक गरेकी छिन ।
यसैगरी प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, सुरूगां नगरपालिका १० का वडा अध्यक्ष चन्द्र नारायण यादब, गैसस महासँघका पहिलाे अध्यक्ष दिलिप चाैधरी, महुली समुदाय बिकास केन्द्रका अध्यक्ष श्यामकान्त चाैधरी, सेभद चिल्ड्रेनकाका देवकृष्ण भगत, अासबिर सारू, जिल्ला बाल संजालका अध्यक्ष सलमा खातुनले सबल नेपालले समुदायकाे बिकास र शिक्षा, स्वास्थ र सरसफाईमा खेलेकाे भुमिकाकाे प्रशंसा गरेका थिए।
यसैगरी सबल नेपालका संस्थापक असाेक कुमार साह, परमेश्वर झा, संस्थाका कार्यक्रम संयाेजक राेशन मण्डल, सिरहाका वास कार्यक्रम संयाेजक भिमलाल साही लगायत संस्थाका साधारण सदस्य तथा विभिन्न संसंस्थाहरू तथा पालिकाहरूकाे प्रतिनिधिहरूकाे उपस्थिति रहृकाे थियाे।
उक्त कार्यक्रमकाे संचालन सबल नेपालका काेषाध्यक्ष आयुष श्रेष्ठले गरेका थिए ।