क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माफी माग्न र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग राजीनामा दिन माग गरेको छ ।
उनले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्रीले माफी नमागे र गृहमन्त्रीले विना सर्त राजनिमा नदिए आफु आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।
आफूले सुन तस्करी प्रकरणमा नैतिक रुपमा संलग्न व्यक्तिहरुको राजीनामा माग गर्दा आफूलाई पक्राउ गरेर दु:ख दिएको भन्दै शर्माले प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गरेको कि प्रजातान्त्रिक सरकारको भनी प्रश्न गरेका छन् ।
उनले भने ‘प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन भने, राजीनामा माग्न पाइँदैन भने हामीजस्ता सभासदलाई बिना पक्राउ पुर्जी एरेस्ट गरिन्छ भने जनताको अवस्था के हुन्छ ?’