क्रान्ति केन्द्र सम्वाददाता
काठमाडाैं । नेपाल चिकित्सक संघले मेडिकल काउन्सिल पदाधिकारी र सिआइबीका अनुसन्धानकर्तामाथि कारबाही गर्न माग गरेको छ ।
चिकित्सकको मान र प्रतिष्ठासँग खेलबाड गर्ने अधिकार कसैसँग नरहेको भन्दै संघले स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयसँग कारबाहीको लागि आग्रह गरेको हो ।
सोमबार विज्ञप्ती जारी गर्दै संघले नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूको गलत विवरण सीआइबीलाई उपलब्ध गराउने गरेको र सरोकार नभएको चिकित्सकलाई नक्कली बनाएर समाजमा त्रसित वातावरण सिर्जना गरिरहेको आरोप लगाएको छ ।
सीआइबीले केही दिनअघि डा.सञ्जीव शाहलाई पक्राउ गरी मानसिक तनाव दिएको,मानमर्दन गरेको र न्युनतम मानव अधिकारको पनि ख्याल नगरेको भन्दै चिकित्सक संघले आपत्ति जनाएको छ ।