क्रान्ति केन्द्र सम्वाददाता
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्लाको शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरीलाई आइतबार घुस रकम सहित पक्राउ गरेको छ ।
अख्तियारले इन्जिनियर चौधरी र उनको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा सोही नगरपालिका वडा नं. ३ स्थित पशु सेवा केन्द्रको भवनबाट नियन्त्रणमा लिएको हो ।
निर्माण कामको भुक्तानी दिन सेवाग्राहीसँग रिसवत माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले उनीहरुलाई एक लाख रुपैयाँ नगद र एक लाख ७५ हजारको चेक सहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएर थप उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।