क्रान्ति केन्द्र सम्वाददाता
जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार अनुमति बिना कार्यालय परिसर भित्र फोटो, भिडियो खिच्न नपाउने सुचना जारी गरेपछि आन्दोलित सप्तरीका पत्रकारहरुको आन्दोलनमा मैथिली साहित्य परिषद् राजविराजले एक्यबद्धता जनाएको छ ।
शनिबार परिषदले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त आन्दोलनको समर्थन गरेको हो । परिषदले पत्रकारलाई जिल्ला प्रशासन कार्यालयमा फोटो खिच्न लगाएको रोकको निन्दा गरेको छ ।
प्रेस स्वतन्त्रताको लागि पत्रकारहरुले गरिरहेको आन्दोलनमा एक्यवद्धता जनाउँदै परिषदले महासंघ सप्तरीको मागलाई सम्बोधन गर्न, संचारकर्मीलाई बिना अवरोध काम गर्ने वातावरण बनाउन र गैर कानुनी आदेश गर्ने प्रशासक उपर कारवाही गर्न सरोकारवाला निकायसँग माग गरेको छ ।