क्रान्ति केन्द्र सम्वाददाता
राजबिराज । सप्तरीमा प्रहरीद्वारा पत्रकारमाथीको दुर्व्यवहारको अर्को घटना भएको छ । राजविराजको कुनौली मोडमा शनिबार बिहानै ‘मेमो खबर’ अनलाईन मिडियाका सम्पादक पत्रकार चन्दन यादवसँग अभद्र व्यवहार भएको हो ।
समाचार प्रयोजनको लागि कुनौली मोडस्थित प्रहरी बिटको फोटो खिचेपछि त्यहाँ ड्युटीमा भएका प्रहरीले उनलाई फोटो डिलिट गर्न भन्दै मोबाइल खोस्ने प्रयास गरेको पीडित पत्रकार यादवले बताए ।
त्यसपछि उनीसँगै रहेका अर्का पत्रकार भुषण सिंह र यादवले उक्त कार्यको प्रतिकार्य गरेको बताए ।
यता पत्रकार महासंघ सप्तरी तीन दिनदेखि जिल्ला प्रशासन र प्रहरीको गैरकानुनी कार्यविरुद्ध संघर्षरत रहेका छन् ।