क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरी जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको अनुमति बिना कार्यालय परिसर भित्र फोटो, भिडियो खिच्न नपाउने सुचना फिर्ता लिएको छ ।
बिहिबार साँझ जिल्ला प्रशासन कार्यालयले बिज्ञप्ती जारी गर्दै उक्त सुचना फिर्ता लिएको हो ।
जिल्ला प्रशासनले बुधबार यस्तो सुचना जारी गरेपछि प्रेस स्वतन्त्रताको हनन् गर्ने कार्य भएको भन्दै पत्रकार महासंघ सप्तरीको अगुवाईमा सप्तरीका पत्रकारहरु आन्दोलनमा उत्रे ।
बिहिबार उनीहरूले जिल्ला प्रशासन कार्यालयसँग क्षमायाचनासहित सुचना फिर्ता लिन माग गर्दै राजविराजमा प्रदर्शन गरेका थिए । उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना पनि बसेका थिए ।
संघर्षको केही झलक