क्रान्ति केन्द्र सम्वाददाता
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । यसमा सप्तरीको शम्भुनाथ नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकमा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएको छ ।
शम्भुनाथमा प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव वासुदेव रेग्मी र हनुमाननगर कंकालिनीमा उपसचिव खिमानन्द आचार्यको सरुवा गरिएको छ ।
त्यस्तै शम्भुनाथ र हनुमाननगर कंकालिनीको प्रमुख प्रशासकीय अधिकृतलाई भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।