क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीमा सोमबारदेखि भएको अविरल बर्षाले तिलाठी कोईलाडी गाउँपालिका-५ बनरझुला पनि डुबानमा परेका छन् ।
मंगलबार मधेश प्रदेश निवर्तमान अर्थ मन्त्री शैलेन्द्र साहसहितका टोलीले स्थानियको समस्या बुझ्न लागि स्थलगत निरीक्षण गरेको छ ।
अविरल वर्षाले सयौं घर डुवानमा रहेका बनरझुलावासीको जिवन कष्टकर बनेको छ ।
स्थानिय राम किशुन यादवले पानीको कारण आफू लगायत बाख्रा, खसी र गाई चौपाया समेत कष्टकर जीवन बिताउन बाध्य भएको बताए ।
त्यस्तै पानीले गर्दा शिव पार्वती ईंग्लिश बोडिङ्ग स्कुलका विद्यार्थी उच्च जोखिममा रहेको स्थानिय नेता माधव कुमार रायले बताए ।
नर्सरी देखि कक्षा ३ सम्मको स-साना नानीहरु पढ्ने त्यस विद्यालयको चारै तिर पानीले डुबेको उनले बताए ।
यसअघि जमेको पानीमा डुबेर सोही पालिकाको वडा नं ६ एक बालकको ज्यान गएको कुरा सुनाउँदै रायले स्थानीय सरकारले समयमा ध्यान नदिए कट्टी विद्यालय जस्तै यहाँ घटना दोहोरीन सक्ने बताए ।
स्थानियहरुले देशैभरी डेंगु रोग फैलिएको बेला घरमा जमेको पानीले उनीहरूलाई झन त्रसित बनाएको बताए ।
स्थानियहरुलाई बाढी र बर्षाको पानीले जनजीवन कष्टकर बनेको बुझेपछि मधेश प्रदेशका निवर्तमान अर्थमन्त्री साहले स्थानियहरुसँग प्रत्येक्ष भेटघाट गरि तिनीहरुको समस्या बारे बुझेका थिए । उनले यथासिघ्र समस्या समाधानको लागि पहल गर्ने निवर्तमान अर्थमन्त्री साहले प्रतिबद्धता समेत ब्यक्त गरे ।
निरिक्षमको क्रममा जसपाका मधेस प्रदेस सदस्य सुजित सिंह (गुड्डु), नेता निरज मुक्ति लगायतका व्यक्तिहरुको उपस्थिति रह्यो ।