क्रान्ति केन्द्र सम्वाददाता
सोमबारदेखि भएको अविरल बर्षाको कारण तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३ सकरपुरा डुबानमा परेको छ ।
वर्षाको पानीको निकास नहुदाँ सकरपुराको राजपुत टोल र राम टोलको २५ भन्दा बढी घरहरु डुबानमा परेको छ । बर्षाको पानीसँगै वस्तीदेखि पश्चिम र उत्तरतर्फका खेतहरुबाट आउने पानीले बस्ती डुबानमा परेको पालिका विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, वडा अध्यक्ष रमेश मुखिया, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सामाजिक विकास शाखाका किशोर कुमार झासहितको टोलीले त्यहाँको स्थलगत अवलोकन गरेका छन् ।
सकरपुरा बस्ती होचो भागमा रहेकोले बर्षाको पानी र खेतबाट आउने पानीको कारण बर्सेनी डुबानमा पर्दै आएको छ । पानीको उचित निकास नरहेकोले बर्षा हुँदा वस्ती नै डुबानमा पर्दै आएको छ ।
यस अघि मधेश प्रदेश सभाका सदस्य सतिश कुमार सिंहले समेत स्थलगत निरीक्षण गरेका थिए।