क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरी क्रिकेट संघको चौथो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले १५ सदस्यीय कार्य समिति सर्वसम्मतिले चयन गरेको छ ।
समितिको अध्यक्षमा आयुष श्रेष्ठ, उपाध्यक्षमा निरज कुमार सिंह, सचिवमा चन्दन कुमार यादव र कोषाध्यक्षमा तुलानाथ माझीलाई चयन गरेका छन् ।
त्यस्तै, सदस्यहरूमा नम्रता परियार, सतीस कुमार सिंह, संजय कार्की, अशोक साह, रोशन मण्डल, राजकुमार दास, डम्वर नारायण दास, मनोज साह, रबि राय, राजेश झा र बिरेन्द्र यादवलाई चयन गरेको छ ।
अध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेश सरकारको शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादव प्रमुख अतिथि रहेका थिए ।
उक्त कार्यक्रम संचालन सचिव चन्दन कुमार यादवले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष धर्मेन्द्र चौधरीले राखेका थिए ।