क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको रुपनी गाउँपालिका-५ कुमरौलमा करेन्ट लागेर आइतबार एक महिलाको मृत्यु भएको छ ।
कुमरौल निवासी उपेन्द्र रामको श्रीमती बर्ष ५०की पानीदेवी रामको करेन्ट लागेर मृत्यु भएको सोही गाउँपालिकाका अध्यक्ष दिनेश यादवले बताए ।
खेत पटाउने लागि जोडिएको मोटरमा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले घटनाबारे अनुसन्धान सुरु गरेको बताए ।