क्रान्ति केन्द्र सम्वाददाता
जिल्ला प्रशासन कार्यालय सप्तरीको अतिक्रमित जग्गा खाली गर्न कार्यालयले सात दिनको समय दिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीको नाममा रहेको जग्गा अतिक्रमण गरी बनाइएको टहरा हटाउन भनेको छ ।
‘राजबिराज नगरपालिका वडा नं. ७ मा अवस्थित जिल्ला प्रशासन कार्यालय सप्तरीको नाममा रहेको जग्गामा अतिक्रमण गरी टहरा निर्माण गरी र हटिया समेत संचालनमा गरेको पाईएको हुँदा उक्त जग्गामा निर्माण भएका टहराहरु लगायत अन्य संरचनाहरु स्थानीय प्रशासन ऐन २०२८ बमोजिम ७ (सात) भित्र हटाउनको लागि यो सूचना जारी गरिएको छ,’ सुचनामा उल्लेख छ ।
सो बमोजिम नभएको खण्डमा नियमानुसार कारवाही हुने सुचना मार्फत जानकारी गराइएको छ ।
