क्रान्ति केन्द्र सम्वाददाता
राजविराज नगरपालिकाको सिरहा रोडमा रहेको अतिक्रमण गरि बनाइएको संरचना नगरपालिकाले भत्काउन सुरु गरेको छ ।
स्थानीय बासिन्दालाई संरचना हटाउन सात दिनको म्याद दिएको नगरपालिकाले समय सकेसँगै आइतबार बिहानैदेखि डोजर लगाएर संरचना भत्काउन थालेको छ ।
नगरपालिकाले वडा नं. ६ र ७ मा पर्ने सिरहा रोडस्थित हुलाकी राजमार्गको दायाँ बाँया ९/९ मिटर जग्गा खाली गराउन लागेको हो
नगरपालिकाले ७ दिन अगाडि सूचना जारी गर्दै उक्त सिमाभित्र पर्ने संरचना हटाउन भनेको थियो ।