Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

आइडियल सहकारीले‌ ल्यायो कृषकलाई सहुलियत दरमा ऋणदेखि नि:शुल्क तिर्थाटन जस्ता कार्यक्रमहरु

२५औं बर्षमा २५ कार्यक्रम अभियान संचालन

आइडियल सहकारीले‌ ल्यायो कृषकलाई सहुलियत दरमा ऋणदेखि नि:शुल्क तिर्थाटन जस्ता कार्यक्रमहरु

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । आइडियल सहकारी संस्था लिमिटेड राजविराज शुक्रबारदेखि २५ औं बर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी संस्थाको २५औं स्थापना दिवस तथा रजत जयन्ती समारोह मनाउँदै संस्थाको अगामी योजनाहरु सार्वजनिक गरिएको छ ।

उक्त अवसरमा संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा कृषि क्षेत्रको उत्थान तथा विकासकालागि संस्थाले कृषक समृद्धि योजना अन्तर्गत कृषि क्षेत्रमा उत्पादनमूलक कार्य गर्ने कृषकलाई सहुलियत दरमा ऋण प्रवाह गर्ने जस्ता योजना रहेको उल्लेख छ ।
६० बर्षभन्दा माथिका जेष्ठ सदस्य बचतकर्ताहरुलाई ध्यानमा राखी न्युनतम मौज्दात १ लाखभन्दा बढी बचत रकम पुगेका सदस्यहरुलाई निःशुल्क तिर्थाटन गराउने विशेष ब्यवस्था गरिनुका साथै महिलालाई आर्थिक कारोबारमा प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको नारी बचत योजनामा समेत विशेष ब्यवस्था गरिएको छ ।
रजत जयन्ती बर्षको अवसरमा संस्थाले सञ्चालन गरेको विभिन्न बचत योजनाहरुमा विशेष ब्यवस्था गर्दै २५औं बर्ष २५ कार्यक्रम अभियानमा सञ्चालन गरिने संस्थाका अध्यक्ष गणेश कुमार आशले जानकारी दिए  । जलवायु परिवर्तन, रक्तदान, युवाका लागि विशेष कार्यक्रम, खेलकुद, सञ्चार क्षेत्रको विकास, स्वास्थ्य शिविर, मैथिली भाषा साहित्यको विकासमूलक कार्यक्रम, सचेतनामूलक कार्यक्रम जस्ता समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमहरु सो अभियानअन्तर्गत सञ्चालन गर्ने योजना रहेको अध्यक्ष आशले बताए ।

समुदायलाई बाढीबाट जोगाउन पूर्व सूचना दिने उद्देश्यले स्थापना गरिएको प्रणालीको सञ्चालन तथा ब्यवस्थापनका लागि उक्त सहकारी संस्थामा खोलिएको समुदायमा आधारित बाढी पूर्व सूचना प्रणालीको खातामा सामाजिक उत्तरदायित्व स्वरुप संस्थाको तर्फबाट ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।
सहकारी संस्थाको समग्र अवस्था मूल्यांकन गर्ने पल्र्स मापदण्ड बमोजिम संस्थाको आर्थिक तरलता कम्तिमा १५ प्रतिशत हुनुपर्नेमा २६.४२ प्रतिशत तथा मापदण्डले सहकारी संस्थाको बाह्य ऋण ५प्रतिशतभन्दा कम हुनुपर्ने तोकेको अवस्थामा उक्त संस्थाको बाह्य ऋण शुन्य दशमलव ३६ प्रतिशत मात्रै रहेको जानकारी दिए । संस्थाले गत आर्थिक बर्ष २०७९/०८० मा ४ करोड ३५ लाख ७१ हजार ७११ रुपैयाँ ४८ पैसा खुद मुनाफा गरेको छ ।
कूल ११ करोड ३० लाख ४ सय रुपैयाँ शेयर पूँजी रहेको आइडियल सहकारीले आफ्ना सदस्यहरुबाट रु. ८५ करोड ९० लाख ३८ हजार ७७८ रुपैयाँ ८५ पैसा निक्षेप संकलन गरेको अध्यक्ष आशले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले १ हजार २८३ जना ब्यक्तिलाई कूल ८१ करोड ३६ लाख ७९ हजार ८५८ रुपैयाँ ६७ पैसा ऋण लगानी गर्दै कूल १अर्ब २० करोड ३९ लाख ४५ हजार ७२९ रुपैयाँ ६३ पैसाको वासलात रहेको सो प्रतिवेदनमा उल्लेख छ ।
विदेशमा कार्यरत ब्यक्तिहरुले विभिन्न रेमिटान्समार्फत पैसा घर पठाउने गर्दा अनेक झन्झट ब्यहोर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै विदेशबाट सिधै आफ्नो खातामा पैसा पठाउने ब्यवस्था गरिएको जानकारी दिंदै हाललाई कुवेत, सिंगापुर र जापानमा बस्ने ब्यक्तिको हकमा सिधै आइडियल सहकारी संस्थामा रहेको आफ्नो खातामा पैसा पठाउने ब्यवस्था मिलाइएको आशले जानकारी दिए । खाडी मुलुकमा रहेका कामदारहरुका लागि समेत केही दिनभित्रै सो सेवा सञ्चालनमा ल्याउन लागेको जानकारी गराइएको छ ।

संस्थाका अध्यक्ष आशको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंह, विशिष्ट अतिथी प्रदेश सभा सदस्य सतिश कुमार सिंह, राजविराज नगरपालिकाका कार्यबाहक प्रमुख ईसरत प्रविण, राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य विश्वनाथ मण्डल, नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वास, मैथिली साहित्य परिषदका अध्यक्ष अवधेश कुमार झा, सहयोगी सहकारी संस्था कंचनपुरका अध्यक्ष अनोजकुमार यादव, शेयर सदस्यहरु मनोहर कुमार पोखरेल, लखिन्द्र प्रसाद साह, ईन्द्रनारायण देव, धु्रवप्रसाद देवसहितकाले शुभकामना ब्यक्त गरे ।
संस्थाका संचालक समितिका सचिव शैलेशकुमार चौधरीले स्वागत गरेको सो कार्यक्रम राजेश झाले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology