क्रान्ति केन्द्र सम्वाददाता
दोहोरो नागरिकता प्रकरणमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीरा यादवको पति महेन्द्र यादवलाई पुर्पक्षको लागि जेल चलान गरिएको छ ।
बिहीबार सप्तरी जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठकाे इजलासले उनलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो ।
पक्राउ पुर्जी जारी भएपछि फरार रहेका महेन्द्र बिहिबार अदालतमा हाजिर भएका थिए ।
यसै मुद्दामा आरोपी उपमेयर मीरा एक लाख धरौटीमा तारेखमा रहेकी छिन् ।
डाक्नेश्वरी नगरपालिका -३ का कृष्णकुमार यादवले उनीहरूविरुद्ध जाहेरी दिएका थिए ।