क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार मनोहरकुमार पोखरेलमाथि हातपात गरेको असई राजेश्वर महताेल निलम्बित भएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयले उनलाई मंगलबार निलम्बन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार मधेश प्रदेश कार्यालयलाई उनलाई निलम्बनको लागि सिफारिस गरेको थियो ।
प्रहरी नियमावली २०७१ (संशोधन सहित) वमोजिम उनलाई मधेश प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
समाचार संकलनका लागि सोमबार जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकार पोखरेललाई असई महतोले कुटपिट गरेका
थिए ।