क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार मनोहरकुमार पोखरेलमाथि हातपात गरेको असई राजेश्वर महताेलाई निलम्बनकाे सिफारिस गरिएको छ ।
समाचार संकलनका लागि सोमबार(आज) जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकार पोखरेललाई असई महतोले कुटपिट गरेका थिए ।
महताेलाई निलम्बन गर्न मधेश प्रहरी कार्यालयलाई सिफारिस गरेको सप्तरी प्रहरीका प्रबक्ता नरेश कुमार सिंहले जानकारी दिए ।