क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको राजविराज नगरपालिकाले सडक क्षेत्र भित्र परेको संरचना खाली गर्न आवाह्न गरेको छ ।
आइतबार नगरपालिकाले एक सुचना जारी गर्दै वडा नम्बर ६ र ७मा हुलाकी राजमार्ग अन्तर्गत राम मन्दिरदेखि छिन्नमस्ता डेरीसम्म सडकमा परेको संरचना हटाउन भनेको छ ।
सुचनामा सडकको सेन्टर पोइन्ट देखि उत्तर र दक्षिण तर्फ ९-९ मिटर गरी जम्मा १८ मिटर क्षेत्र भित्र परेको घर, टहरा लगायत कुनै किसिमले ओगेटेको क्षेत्र खाली गर्न भनिएको छ ।
नगरपालिकाले सात दिन भित्रै उक्त सडक खाली गर्न भनेको छ ।
