क्रान्ति केन्द्र सम्वाददाता
धरान । डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ भने २ हजार तीन सय ५३ जनामा डेङ्गु संक्रमण रहेको देखिएको छ ।
धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार ३ हजार ९ सय ८१ जनाको परीक्षण गर्दा २ हजार ३ सय ५३ जना डेङ्गु सङ्क्रमित देखिएको हो ।
संक्रमण बढेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय ५० जनासम्म अट्ने डेंगुको छुट्टै वार्ड सञ्चालन गरिएको छ ।
डेङ्गु नियन्त्रणका लागि धरानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन भइरहेको उनले बताए ।