क्रान्ति केन्द्र सम्वाददाता
राजबिराज । जिल्ला प्रशासन कार्यलय सप्तरीले सार्वजनिक रुपमा विभिन्न मेला पर्वको नाममा हात हतियार धारिलो वस्तुहरु लिएर खुल्ला रुपमा हिडडुल नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सुचना जारी गर्दै धार्मिक मेला र पर्व सभ्य रुपमा सामाजिक सदभाव र धार्मिक सहिष्णुता विग्रने कुनै पनि गतिविधि नगर्न नगराउन हुन अनुरोध गरेको छ ।
जारी सुचनामा जो सुकैले कानुन विपरित गतिविधि संलग्न भई शान्ति र सुरक्षामा खलल पुर्याउने कार्य गरको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही समेत हुने उल्लेख छ ।