क्रान्ति केन्द्र सम्वाददाता
जनमत पार्टीले सप्तरीको राजविराजमा शनिबार गरेको पार्टी प्रवेश कार्यक्रम बिभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा युवाको संख्या बढी देखिएको छ ।
पार्टी प्रवेश गर्नेमा कमल किशोर साह, सुगन सिंह, प्रभात झा, मदन मण्डल, सन्तोष चोधरी, मुकेश चोधरी, निकेत झा, सम्बोध झा, ऋषि माझी, उमेश गुप्ता, सुरेश साह, निरज देव, राजेश यादव, अरबिन्द राउत, राजेश मण्डल, राजा मण्डल, विशाल राउत, छोटु राउत, सुरज राउत, नवीन चोधरी, रन्जित साह, कोशल साह, तिर्थ नारायण यादव, अनुज झा, अभिनाश झा, सन्तोष दास, राम कुमार दास, लगायतका युवाहरु रहेको पार्टी सचिवालयले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथी सप्तरी निर्वाचन क्षेत्र नम्बर २बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत , विशिष्ट अतिथी मधेस प्रदेशका शिक्षा तथा सामाज कल्याण मन्त्री महेश प्रसाद यादव, प्रदेश सभा सदस्य सतिश सिंह तथा पार्टीका प्रवक्ता सरद सिंह यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।